जन आकाश
काठमाडौं । हास्यव्यंग्य कार्यक्रम “कमेडी दरबार” ले अनुमति नलिई आफ्नो पोसाक प्रयोग गरेको भन्दै नेपाली सेनाले सचेत गराएको छ।
कार्यक्रमको सातौं भागमा नेपाली सेनाको पोसाक प्रयोग गरिएको देखिएपछि सो कार्यक्रम सञ्चालकलाई सचेत गराइएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि गौरवकुमार केसीले जानकारी दिए।
सेनाको युनिफर्म प्रयोग नगर्न भनेर पहिल्यैदेखि भन्दै आएका छौं। कतै प्रयोग गरेको देखिएमा हामीले खबर गरेका हुन्छौं, उनले भने, पछिल्लो समय एक कमेडी शोमा चुस्ता प्रयोग भएको देखेपछि मौखिक रूपमै भनेका थियौं , कमेडी दरबारको दुई महिनाअघि युट्युबमा राखिएको सातौं भागमा दुई कमेडियनले सेनाको पोसाक लगाएका थिए। कमेडी दरबारका निर्देशक विक्की अग्रवालले पनि नेपाली सेनाले आफूहरूलाई अनुमति लिन अनुरोध गरेको बताए।
उहाँहरूले अर्को पटक प्रयोग गर्दा अनुमति लिनु भन्नुभएको हो। त्यसबेला हामीले नेपाली सेना भनेर प्रयोग गरेका पनि थिएनौं उनले भने, एकादेशको सेना भनेर लेखेका पनि थियौं। त्यो कुरा पनि भन्यौं। यद्यपि, हामीले जे दिन खोजेका थियौं, त्यो अलि सकेनौं होला। उहाँहरूले आउँदा दिनमा प्रयोग गर्दा अनुमति लिनुहोला भन्नुभएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend