logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सरकार चाडै ढाल्ने हल्लाको वास्तविकता के हो ?


  • जन आकाश
  • शनिबार, पुष ६ २०८१

मोहन कार्की ।
जव जव नेपालमा स्थिरता देखिन थाल्छ । बाहिय शक्ति सलबलाउछन् । विगतमा सञ्चारको सुविधा कम हुदा रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर दैनिक, गोरखापत्र, समाचार पत्र, लगायत सिमित सञ्चार माध्यमले जे समाचार बनाउछन् । त्यसैगरी हल्लाको पछि जनता पनि लाग्ने र भारतसँग मात्र व्यापारको भर पर्नुपर्ने हुदा विशेष गरेर पेट्रोलियम पदार्थ भारतले दिन छाड्ने रे भनेपछि जनता समेत तर्सित भएर दुखः पाउनु भन्दा सरकार विरुद्ध आन्दोलनमा निस्केर भएपनि सरकार ढलोस् भन्ने चाहाना राख्थे ।



त्यस्तै पनि हुन्थ्यो । सरकार बाहिर रहेको पार्टीले आन्दोलन पनि र्गथ्यो । त्यही समय पारेर बेला बेलामा भारतीय राजदुत, वा चिनिया, राजदुतले नेपालका राजनीतिक पार्टीहरुसँग भेटघाट ग¥यो कि राजनीतिक तरङग हुने गर्दथ्यो र सरकार ढलेको पनि देखिन्थ्यो ।

तर विगत र वर्तमान केही परिवर्तन भने भएका छन् । नेपाली जनताले सेवा सुविधामा सम्पन्नता नभएपनि सञ्चारमा आएको विकासले आजभोली सत्य तथ्य के हो के होइन भनेर बुझ्न सक्ने भएका छन् । कुनै राजनीतिक पार्टीका अमुक नेताले भन्दैमा सवै कुरा जनताले पत्याई हाल्दैनन् ।

ठुला भनिएका सञ्चारमाध्यमले सरकार ढल्ने र वा अन्य कुनै झुट समाचार प्रकाशन गर्दैमा जनताले पत्याई हाल्दैनन् । किनकी आज पत्येक नेपालीहरु समक्ष इन्टरनेटको सुविधा पुगेको छ । त्यसैले कुनै देशको त्यो पनि पुर्व गुप्तचरले नेपालको सरकार चाडै ढल्ने हल्ला फैलाउदैनमा नेपालको सरकार ढल्ने पनि होइन ।

नेपालीहरु आफैमा सर्वभौम राष्ट्र हो । अर्को सरकारमा नहुने बित्तिक्कै सरकार चाडै ढल्छ भनेर हल्ला फैलाउने विपक्षी पार्टी तथा पटक पटक प्रधानमन्त्री भईसकेका व्याक्तिको अभिव्याक्तिले सरकार ढल्छ भनेर हल्ला गर्नु कति जायज हो । कति सान्दर्भिक हो । यसको हल्लाको वास्ताविकता के हो ? नेपाली जनताले कतिले बुझेका छन् । कतिले बुझेका छैनन् । यसको वास्ताविकताको भित्री कुरा नेपाली जनतालाई सधै अन्यौलतामा यस्तै खालका हल्लाको पछि लागुन भन्ने हुन सक्छ । तर नेपाली जनता सचेत छन् ।

उनिहरुले वास्ताविकता बुझेर मात्र यस्ता कुराहरु पत्याउने हुदा यो सरकार चाढै ढल्ने कुरामा विश्वास गरेको देखिदैन । किनकी औपचारिक रुपमा नेपाली काँग्रेस र एमाले सम्मिलित मिलेर बनेको सरकार सदनमा पुर्ण बहुमतमा छ । यि दुई दलका कुनै पनि औपचारिक व्याक्तित्वहरुले सरकार सञ्चालनमा असन्तुष्टि भएको संकेत कतैपनि आएको छैन । त्यसकारण अन्य पार्टीले चाहेर पनि सरकार परिवर्तन गर्न सक्दैन । विदेशका पुर्व गुप्तचरहरुले भन्दैमा नेपालको सरकार ढल्दैन । त्यसकारण सरकार चाडै ढल्ने भन्ने विषय वास्ताविकता होइन भन्ने धेरैको तर्क छ । सत्य पनि यहि नै होला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend