जन आकाश
काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो चरित्रहत्या गर्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।
एआईको दुरूपयोग गरी भिडिओ बनाएर चरित्रहत्या गरिएपछि उनले शनिबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन्। २१ हजार फलोअर्स रहेको दिपु कान्छो प्रोफाइल डिजिटल क्रिएटर नामक फेसबुक पेजविरुद्ध उजुरी दिएको समीक्षाले जनाएकी छन्।
शनिबार बेलुका उनले उजुरी दिएको विवरण समेत सामाजिक सञ्जालमा राख्दै यसबारे जानकारी दिएकी छन्। सस्तो लोकप्रियता कमाउने उद्धेश्यले कसैको जीवनलाई असर पर्ने गरी गैरकानुनी क्रियाकलाप नगर्न समेत उनले अनुरोध गरेकी छन्।
पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा यतिबेला देश विदेशका स्टेज कार्यक्रममा व्यस्त छिन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend