जन आकाश
काठमाडौं । कृषा चौलागाई निर्देशित फिल्म “पिताम्बर नेपाली नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउने भएको छ।
निर्माताले शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म चैत २९ गते रिलिज हुने घोषणा गरेका हुन्।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई फिचर्ड छन्। प्रदीप पोस्टरमा रगताम्य अवस्थामा देखिएका छन् भने सौगात आक्रामक शैलीमा बन्दुक चलाइरहेको देखिन्छन्। दयाहाङको अनुहारमा भने रिस देखिन्छ। सार्वजनिक पोस्टरले यो फिल्म एक्सनप्रधान रहेको प्रष्टयाउँछ।
यो फिल्ममा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ । फिल्मको छायाँकन ७० दिन लगाएर गरिएको छ।
केपी फिल्मसले पुरूषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’ लाई पुरूषोत्तम प्रधानले खिचेका छन्। निर्मातामा विशाल चौलागाई छन्।
प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्धन्द्व निर्देशन रहेको फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend