जन आकाश
काठमाडौं । दक्षिण भारतीय अभिनेता विजय सेतुपति अभिनीत फिल्म “महाराजा” ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।
सिनेमा हलमा रिलिज भएपछि फिल्मले ओटिटीमा धमाका मच्चाएको थियो। अहिले फिल्मले चीनमा तहल्का मच्चाइरहेको छ। यो फिल्म चीनमा सबैभन्दा बढी कमाइ गर्ने दक्षिण भारतीय फिल्म बनेको छ।
भारतीय सञ्चारमाध्यम कोइमाइका अनुसार चीनमा फिल्मले २२ दिनमा ८६ करोड ८८ लाख भारू कमाएको छ। यसले “बाहुबली २” लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। “बाहुबली २” ले ६४ करोड भारू कमाएको थियो।
अनुराग कश्यप निर्देशित फिल्ममा विजय सेतुपतिसँगै अनुराग कश्यप, ममता मोहनदास र नटराजन सुब्रमनियमको मुख्य भूमिका छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend