logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपालसँगै अन्तराष्ट्रिय बजारमा रिलिज हुँदै फिल्म “लाज शरणम्”


  • जन आकाश
  • बिहिबार, पुष ११ २०८१

काठमाडौँ । चर्चित हास्य सिरियल ‘सक्किगोनि’को समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।



फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज गरिने भएको छ । यसका लागि सेभेन सिज इन्टरनेसनलले फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ ।

सेभेन सिजले भारतबाहेकको वितरण अधिकार लिएको हो । मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनको तर्फबाट अर्जुन घिमिरे (पाँडे) र वितरण कम्पनीका प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे । प्याट्रिकका अनुसार फिल्मलाई विदेशमा दुई चरणमा रिलिज गरिनेछ । आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा फिल्म रिलिज हुने उनले जानकारी दिए ।

कुमार कट्टेल ‘जिग्री ब्रो’को निर्देशनमा तयार भएको फिल्ममा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगीसँगै ‘सक्किगोनि’ समूहबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायतको अभिनय छ ।

नवीन श्रेष्ठ निर्माता रहेको फिल्ममा राम नरेश शाह र श्रीजना खड्का भने सह–निर्मातामा छन् । सुदीप बरालले फिल्मको छायांकन गरेका हुन् । निर्देशक कट्टेल स्वयंको लेखन रहेको फिल्मलाई डोल्पा र काठमाडौँमा छायांकन गरिएको हो । फिल्मले सामाजिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गर्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend