logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हुम्लामा पहिलो पटक खुल्ला फुटसल प्रतियोगिता : माजा युवा क्लवद्वारा एक नयाँ कदम


  • जन आकाश
  • शुक्रबार, पुष १२ २०८१

काठमाडौं । २०८१ साल पौष १४ र १५ गते, कपन स्थित आकाशेधारा फुटसल मैदानमा हुम्ला जिल्ला खार्पुनाथ माजा युवा क्लबद्वारा आयोजित प्रथम खुल्ला फुटसल प्रतियोगिता आयोजना हुँदैछ।



खेलप्रेमीहरुको बढ्दो संख्या र युवाहरूको उत्साहलाई मध्यनजर गर्दै माजा युवा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो। क्लबका प्रतिनिधिहरुका अनुसार, यस्ता प्रतियोगिताहरुले हुम्ला जिल्लाका युवा खेलाडीहरुलाई राष्ट्रिय स्तरका खेलाडी बन्ने मार्गमा सहयोग पुर्याउनेछन्।

माजा बासी सतल रोकायाले भने, हुम्लामा खेलप्रेमी युवाहरुको संख्या लगातार बढिरहेको छ र तिनीहरुलाई यस्ता खेल गतिविधिहरुमा सक्रिय बनाउनु पर्छ। सबै तहका व्यक्तिहरुले यसको उजागर गर्न र यस्ता अवसरहरु सिर्जना गर्न सहयोग गर्नु आवश्यक छ।

साथै, शाहिले पनि युवाहरुलाई यस्ता प्रतियोगितामा भाग लिई आफूलाई अभिवृद्धि गर्नको लागि प्रेरित गर्न मद्दत पुर्याउने कुरा बताएका छन्। यो प्रतियोगिता खेलप्रेमी युवाहरुको लागि एक नयाँ अवसर बन्नेछ, जसले हुम्ला जिल्लाका फुटसल खेलाडीहरुलाई एक नयाँ उचाईमा पुर्याउने विश्वास छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend