जन आकाश
रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेको गर्जाङमा गोकुलगंगा युवा सञ्जालद्वारा बागमती प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
भलिबल खेलको विकास, खेलाडी उत्पादन, र खेलकुदमार्फत पर्यटकीय प्रबर्द्धनको उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिता यही फागुन १४ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने जानकारी आयोजकले दिएकाछन्। प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ।
बागमती प्रदेश भित्रका महानगरपालिका, उपमहानगरपालिका ,नगरपालिका र गाउँपालिकाका टिमले प्रतियोगितामा भाग लिन सक्नेछन् । प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, द्वितीय हुनेले १ लाख १ हजार १ सय ११, तृतीय हुनेले ५१ हजार १ सय ११ र चौथो हुने टोलीले २५ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडिलाई ७ हजार ५ सय र , उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट ब्लकरलाई ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ, यो जानकारी गोकुलगंगा युवा सञ्जालका अध्यक्ष अनुज खड्काले दिएका छन्।
उक्त प्रतियोगिता राष्ट्रिय भलिबल खेलको प्रबर्द्धनसँगै गोकुलगंगा गाउँपालिका क्षेत्रको पर्यटनको विकासमा योगदान पुर्याउने र स्थानिय खेलकुदको विकास, संस्कृति र पहिचानको प्रचार, सामाजिक सम्बन्ध र स्थानिय अर्थतन्त्रमा समेत टेवा पुर्याउने उद्देश्य राखिएको सञ्जालका अध्यक्ष खड्काले बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend