जन आकाश
काठमाडौं । पौष १४ र १५ गते काठमाडौको आकाशेधारा कुपन फुटसल मैदानमा हुम्ला जिल्ला, खार्पुनाथ माजा युवा क्लबद्वारा आयोजित खुल्ला फुटसल प्रतियोगितामा लाल्टिन टोलि बिजेता सहित भव्यतासाथ सम्पन्न भएको छ।
प्रतियोगितामा सभापतित्व सतल रोकाया, प्रमुख अतिथि सुरेन्द्र शाहि बिशिष्ट अतिथिति संस्थापक अध्यक्ष दिपक रोकाया, अन्जन शाही र विशाल जङ्ग शाहिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको संचालन दिपेन्द्र रोकायाले गरेका थिए त्यस्तै क्लबका संस्थापक सदस्य प्रेम रोकाया, माजा F.c का captain पदम रोकाया, दिपक सुनुवारहर लगायत आयोजना टिमको निकै महत्त्वपूर्ण भूमिका देखिएको छ। प्रतियोगितामा विजेता टोलीको रूपमा नेविसंघ नेता विशालजङ्ग शाहीको नेतृत्वमा रहेको “लाल्टिन टोली” चयन भएको छ, भने उपविजेता “साइरिङ्ग” टोली रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा उपस्थित सुरेन्द्र शाहीले माजा युवा क्लबलाई सधैं साथ र सहयोग दिने कुरा व्यक्त गर्दै, युवापङ्क्तिको जोश र जागरलाई निकै उत्साहित भएको बताए ।
कार्यक्रमको समापनमा सभापति सतल रोकायाले प्रतियोगिता कुनै झगडा नभइ भव्यताको साथ सम्पन्न भएकोमा खुशी व्यक्त गरे। साथै, क्लबका विभिन्न सहयोगी व्यक्तिहरूलाई धन्यवाद प्रकट गर्दै आगामी दिनमा अझै सफल कार्यक्रमहरूको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई सफल बनाउन सुरुदेखि अन्तिम सम्म साथ सहयोग गर्दै कार्यक्रम झगडा रहितको रुपमा भुमिका खेल्दै आएका नेविसंघ युवा नेता विशाल जङ्ग शाहीलाई विशेष धन्यवाद दिदै , प्रमुख व्यक्तिहरूमा खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत विष्णु बहादुर शाहि, स्वकीय सचिव एवम् युवा नेता राज बहादुर रोकाया, पार्टी पूर्व सभापति एवम् वरिष्ठ नेता जयपति रोकाया, बुर्द एयरलाइन्सका म्यानेजर र युवा समाजसेवी सागर शाहि, कर्ण चिया कार्यलयका प्रमुख अन्जन शाही , शिवराज शाही , धर्मराज शाही, सोबि इन्टरनेशनल एजुकेशन प्राइभेट लिमिटेडका म्यानेजमेन्ट डिरेक्टर सुरेन्द्र शाहि, फुटबल प्रेमी युवा समाजसेवी हिमाल शाहि, पशु सेवा शाखाका सचिवलय जिवन जेठरा, हुड्ररी कलेज इकाइ अध्यक्ष मङ्गल फडेरा, नेपाल आर्मी सिपाही गोबिन्द सुनार, सचिवालय सदस्य कमल जङ्ग शाही, अदानचुलि गाउँपालिका प्रमुख जिवन बुढा, सिता म.वि.का प्रधानाध्यापक जुनराज हमाल, नेविसंघका केन्द्रीय सदस्य खेम खड्का, खार्पुनाथ स्वास्थ प्रमुख बलिराज शाही लगायत सम्पूर्ण सहयोगी व्यक्तिहरूको विशेष धन्यवाद व्यक्त गरिएको छ।

अन्तिममा, बोल्दै उपस्थित सम्पुर्ण व्यक्तिहरुलाई धन्यवाद दिदै, आयोजक टिममा खटिएका सम्पुर्ण पत्रकार , सुरक्षा कर्मी हरुको महत्त्वपूर्ण योगदान दिने टिमलाई पनि हृदयदेखि धन्यवाद दिइएको छ र आगामी दिनमा अझ बढी सफल कार्यक्रमहरूको अपेक्षा गरिएको छ ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend