जन आकाश
काठमाडौं । जनवरी ९, २०२५ – नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक चाइना फिल्म डे आयोजना हुन गइरहेको छ।
यो ऐतिहासिक कार्यक्रम ठमेल स्थित छायाँ सेन्टर (QFX) सिनेमा मा हुनेछ, जसले दुवै देश बीच आगामी दिनमा चलचित्र निर्माण, प्रबर्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य लिएको छ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ, र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (NFCA) द्वारा संयुक्त रूपमा आयोजित यो कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ।
चलचित्र प्रदर्शनपछि ति चलचित्रका निर्माता, निर्देसक र कलाकारहरुले दर्सकहरु सँग अन्तर्क्रिया समेत गर्ने छन । जसले सांस्कृतिक आदान प्रदानको अवसर प्रदान गर्नेछ।
प्रदर्शन हुने चलचित्रहरू:
१.हर स्टोरी (१२३ मिनेट) – निर्देशक: यीहुई साओ (उद्घाटन चलचित्र)
२. मिडसमर्स भ्वाइस (१०५ मिनेट) निर्देशकस् युडी झाङ
३. जी फर ग्याप (१०३ मिनेट) – निर्देशकस् फेई लङ
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिकहरू, र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ। यसका साथै नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र बिकास बोर्ड र नेपाल पर्यटन बोर्डका बिशिस्ट पदाधिकारीहरुले समेत सहभागिता जनाउनेछन् पूर्व अर्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननिय बर्षमान पुनको प्रमुख आतिथ्यता रहने छ ।
प्रदर्सन हुने चलचित्रका निर्माता, निर्देसक र कलाकार गरी १४ जनाको टिमको नेत्रित्व चाइना फिल्म एडमिनिस्ट्रेशनको अन्तर्राष्ट्रिय विभागका निर्देशक श्री सु याङ ले गर्ने छन । यस कार्यक्रमले दुवै देशका लचित्रकर्मीहरू बीच सहकार्यलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।
यो ऐतिहासिक अवसरले नेपाल र चीनबीचको चलचित्र र सांस्कृतिक सम्बन्धमा नयाँ पाटो थप्दै दुवै राष्ट्रबीच थप गहिरो सहकार्य र सहभागिताको आधार तयार गर्नेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend