logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

अशोक दर्जी अभिनयमा डेब्यु गर्दै


  • जन आकाश
  • आइतबार, पुष २१ २०८१

काठमाडौं– बाल्यकालमै गायन कलाकार कारण चर्चा कमएका अशोक दर्जीले भिनयमा डेब्यु गर्ने भएका छन् ।



गायक तथा संगीतकार टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘मन विनाको धन ठूलो कि धन विनाको मन’ मा अशोक दर्जीलाई मुख्य भुमिकामा देख्न सकिन्छ भने मुख्य अभिनेत्रीमा निता ढुंगानालाई अनुबन्धित गरिएको छ भने सोहि फिल्मबाट टंक बुढाथोकीले निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

उक्त फिल्ममा सरोज खनाल, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ र साम्राज्ञी थापाको पनि फिल्ममा अभिनय रहने छ । आगामी माघबाट छायांकन सुरु हुन लागेको फिल्ममा टंक स्वयंको कथा तथा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहने छ ।

सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend