logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बाबु र छोरा दुबैको दुःखद निधनपछि एक परिवारको जीवनको आधार टुट्यो


  • जन आकाश
  • आइतबार, पुष २१ २०८१

बिनोद नेपाली ।



काठमाडौं । दैलेख जिल्लाको आठबिस नगरपालिका वड़ा नं २ सिगौंडी, बेत्तला निवासी केशे दमाईको जेठो छोरा अम्मर नेपाली कामको सिलसिलामां भारतको हल्द्वानीमा गएका थिए । कामको शिलसिलामा भारतको हल्द्वानीमा पुगेका दमाईको अचान २०८१/ २/ ११ गते जेठ महिनामा दुःखद मृत्यु भयो ।

घरको जेठो छोरो बितेका केही महिनामै उनको बुवा रोजगारिको शिलशिलामा २०८१/८/३९ भारतको मुम्बई माहाराष्ठको पुनामा पुगे छोरा बितेको एक महिना नपुग्दै उनको दुखत निधन भयो र उनिहरुको परिवार गहिरो सोकमा डुब्यो ।

घरको जेठो छोरो र बुवा दुबैको निधनसँगै, यस परिवारको जीवनको आधार नै टुट्यो अहिले यो परिवार आसुका धारा बगाउदै अतीतका सम्झनाहरूमा बाँचिरहेको छ । एक गरिब परिवार त्यही माथि कमाउनी घरको मुल मान्छे बाबु छारा नै नहुदा परिवारको जीवन चलाउन नै धौ धौ परिरहेको छ ।

गरिबीको कारणले, रोजगारीको लागि प्रदेशीयका बाबु र छोरा दुबैको निधनपछि घरका दुबै मुल खम्बा नष्ट भइसकेका छन् । घरका दुवै मुल खम्बा गइसकेपछि, यो परिवारको जीवनको आधार नै नष्ट भएको छ । बाबु र छोरा दुबैको निधनले परिवारलाई एक्लो बनाएको छ । अहिले उनीहरूका आँखामा आँसुका धाराहरू बगिरहेका छन्, र अतीतका सम्झनामा बाँचिरहेका छन्।

गरिबी र रोजगारको लागि बाबु र छोरा दुबै विदेश गएका थिए, तर अब उनीहरूको अभावले परिवारको जीवन निकै कठिन र चुनौतीपूर्ण बन्न् । घरका कमाउने मुल सदस्य नहुदा परिवारका सदस्य उपेन्द« नेपाली, दुई महिनाका कान्छा छारा कमल नेपाली,छोरी लक्ष्मी नेपाली,तुल्सी नेपाली,प्रमिला नेपाली घरको मुल सदस्य घुमाउदा  संकटमा परेकाछन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend