logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नाडा र नाडाका संस्थागत एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • जन आकाश
  • सोमबार, पुष २२ २०८१

काठमाडौं । पुस १९ गते हेटौडामा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटो मोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।



मिति २०८१ पौष २० गते हेटौडामा सम्पन्न हेटौडा अटो मोइल्स एशोसिएशनको २४ औं वार्षिक साधारण सभाको सन्दर्भमा यस्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

सो कार्यक्रममा उपस्थित सदस्यहरुले अटोमोवाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञाशाहरु राख्नु भएको थियो । सो कार्यक्रममा खाशगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको यम.आर.पीका विषयमा, भन्सार मूल्याङ्कनको समस्या, साफटा अन्तर्गत आएका अटोमोवाइल बस्तुहरु, झोले व्यापारीले पु¥याएको समस्या, मधेश प्रदेशमा विना प्यान नम्बर सञ्चालन ३००० पसलहरुको कारण अन्य व्यवसायीहरुलाई परिरहेको नकारात्मक अषर, भ्याटमा दर्ता भएर राख्नुपर्ने लेखा सम्बन्धी समस्याहरु, सदस्यहरुको हितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक वाउन्सको व्यावहारिक समस्या, अटो मोइल्स व्यवसायीहरु इन्स्योरेन्समा आवद्ध नहुदाको समस्या र नाडाका प्रदशे एशोसिएशनहरुलाई साधारण सभा सम्पन्न गर्नका लागि पनि नाडाले आर्थिक स्रोतको व्यवस्था गरि दिनु पर्ने जस्ता विषयहरुमा विस्तृत छलफल भएको थियो ।

छलफलको अन्त्यमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरुको प्रत्यत्तु र समेत दिनुभएको थियो भने नाडाका केन्दि«य कार्य समितिका सदस्य सुनिल रिजालले स्पेयर पार्टस र एम.आर.पीका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा नाडाका महासचिव सरुेन्द्रकुमार उपे्रतीले नाडा प्रदेशहरुलाई कर, भन्सार र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकास सम्बन्धी तालिम कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

सो अन्तरक्रिया कार्यक्रम नाडाका महासचिव सुरेन्द्र कुुमार उपे्रतीले गर्नु भएको थियो भने कार्यक्रमको समापन हेटौडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष ऋषि प्रसाद ढकालले गर्नु भएको थियो । सो कार्यक्रममा नाडाका तर्फबाट संस्थागत सदस्य कलु वहादुर क्षेत्री, केन्दि«य कार्य समिति सदस्य मेघराज पौडेल, केन्द्रीय कार्य समिति आमन्त्रित सदस्यद्धय नारायण प्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति रहेको थियो ।

त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनका निबर्तमान अध्यक्ष दामोदर अटल, बरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द कुमार उप्रेती, सचिव संञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्याम प्रसाद कडेल, कार्य समिति सदस्यद्धय उत्तम प्रसाद भण्डारी, सुजन उप्रेती, देवनारायण टुलाल, मनुालराज न्यौपाने, प्रकाश भट्टराई, क्षेत्रिय संयाजे क दिपेश खडगीको उपस्थिति रहेको थियो ।

त्यसगै गरी जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राहुल अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनुअघि हेटौडामा नाडाको इतिहासमा पहिलो पटक नाडा इण्टर प्रोभिन्स लभेल फ्रेण्डली व्याडमिण्टन प्रतियोगिता समेत सम्पन्न गरिएको थियो ।

कूल ८ टिमविच डवल्स व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकोमा चितवन अटोमोवाइल्स एशोसिएशनका पूर्व अध्यक्ष अमतृ जोशी र कार्य समिति सदस्य श्रीप्रसाद श्रेष्ठको जोडीले प्रतियोगिता जितेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend