logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बिजेन्द्र नौबागेको शब्द तथा संगीतमा “पुर्वेली नानी” म्युजिक भिडियो सार्वजानिक


  • जन आकाश
  • मंगलबार, पुष २३ २०८१

इनिश बुढाथाेकी



काठमाडौं– सर्जक, कलाकार तथा मोडल विजेन्द्र नौबागेको ‘पुर्वेली नानी’बोलको गीत सार्वजानिक भएको छ ।

उक्त गीत बागबजार स्थित साउथकुल क्याफेमा एक कार्यक्रम आयोजना गरी प्रमुख अतिथि कलाकार तथा निर्देशक शुभाष प्रसाद गजुरेलको हातबाट सार्वजनिक गरिएको हो ।

बिजेन्द्र नौबागेको शब्द तथा संगीत रहेको यो गीतमा दिवान किनारको संगीत संयोजन रहेको छ भने मेलिना राई र प्रविन राईको स्वर रहेको छ ।

बाल कलाकार मन्जली तामा र आदित्य लम्सालको अभिनय रहेको छ भने बिजेन्द्र नौबागे र अस्मिता पुरीको अभिनयले गीतलाई अझ रोमान्टिक बनाएको यो गीत एक्टिभ इन्टरटेनमेन्ट आफिसियल युटुब च्यानलबाट सार्वजानिक भएको छ ।

शुरेस राईको रेकर्ड तथा मिक्सिङ मास्टरीङमा तयार भएको हो यो गीतमा बिजेन्द्र नौबागेको निर्देशन रहेको भिडियोमा दिपेश एसकेको नृत्य निर्देशन, रोजिना श्रेष्ठको श्रृंगार,केशव अधिकारीको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन,ओम प्रसाद प्रसाईको कलरिङ रहेको छ ।

“पुर्वेली नानी” गीत बिमोचन कार्यक्रमका प्रमुख अतिथि गजुरेलले गीत संगीतको क्षेत्रमा बिजेन्द्र नौबागेले दिएको योगदान निकै प्रशंसनिय रहेको बताउँदै आम दर्शक श्रोताले यो गीत तथा भिडियो मन पराउनेमा आफु आशावादी रहेको बताउनु भयो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend