जन आकाश
काठमाडाैं– हरर–कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सोमबार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
आगामी माघ ४ गतेबाट सार्वजनिक हुन लागेको फिल्ममा झन्डै तीन मिनेट लम्बाईको ट्रेलरले कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गरेको छ । विभिन्न पेशा अंगालेका चार युवकको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक नवीन भट्टले ‘फिरफिरे फिरिरी’ साइकोलोजिकल हरर–थ्रिलर फिल्म रहेको जानकारी दिए । मनोवैज्ञानिक रूपमा मानिस कसरी तर्सिन्छ भन्ने विषय फिल्मले उठाएको निर्देशकको भनाइ रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend