जन आकाश
काठमाडौं– वुमेन्स साफ च्याम्पियनसिप–२०२४, एसियाली कराँते च्याम्पिनयसिप र कावा बिच भलिबलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकलाई मंगलबार (पुस २३ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान र पुरस्कार प्रदान गरेका छन् ।
उक्त पुरस्का युवा तथा खेलकुद मन्त्रालयले प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा प्रदान गरिएको हो ।
कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौंमा भएको साफ वुमेन्स च्याम्पियनसिपमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा असोज १ गतेदेखि ७ गतेसम्म भएको २० औं एसियाली कराते च्याम्पियनसिपमा पदक विजेता एरिका गुरुङ र मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको हो ।
यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बिच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनीषकुमारी चौधरी, प्रशिक्षक रूपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend