जन आकाश
काठमाडौं। चर्चित निर्देशक बिनोद सुन्दासको निर्देशनमा हालै सार्वजनिक भएको नयाँ गीत “गोरी गोरी छ” ले संगीत प्रेमीहरूको ध्यान तान्न सफल भएको छ। यो गीत सुन्दास फिल्म्स युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो गीत दर्शकहरूमा निकै रुचाइएको छ।
उक्त गीतको शब्द रामकुमार सुन्दासले लेखेका हुन्, जबकि संगीत गोविन्द पंगेनीको सिर्जना हो। विशाल सुन्दास, लक्ष्मी खड्का र विकास सुन्दासका आवाजले गीतमा विशेष मिठास र रङ भरेका छन्। यो गीतको संगीत र लयले एकदमै रमाइलो र ऊर्जा दिएको छ।
गीतको भिडियोमा बिनोद सुन्दासले गरेको निर्देशनले दृश्यलाई अझै आकर्षक बनाएको छ। भिडियोमा बिबेश सुन्दास र पुजा सुन्दासको अभिनय देख्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend