जन आकाश
काठमाडौं । तीन लोकप्रिय गायक रविन भुसाल, महेन्द्र बिक र आशिष महरको आवाजमा “जिन्दगीको रफ्तारमा” बोलको गीत रविन भुसाल अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक भएको छ।

उक्त गीतको शब्द चर्चित गीतकार गुरु भुसालको रहेको छ भने संगीत रविन भुसालले गरेकाछन् । रविन भुसाल, महेन्द्र बिक र आशिष महरको समधुर आवाज रहेको गीतमा भिडियोमा पनि तीन गायककै अभिनय देखिन्छ ।
आधुनिक शैलीमा तयार पारिएको यस गीतले माया, पिरतीको भावनालाई प्रस्तुत गरेको छ, जसमा तिन गायकको आवाजलाई विशेष प्रशंसा गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend