जन आकाश
काठमाडौं । व्यवसायिक सफल फिल्म शृंखला “होस्टेल” को तेस्रो संस्करण “होस्टेल ३” को पोस्टर सार्वजनिक गरिएको छ।
आगामी फागुन २३ गते रिलिज हुने फिल्मको पोस्टरमा सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ। यसअघि फिल्मको पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङलाई रमाइलो मुद्रामा राखेर पोस्टर ल्याइएको थियो। नयाँ पोस्टरमा भने यी कलाकारहरू सहित अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीलाई राखिएको छ।
सशान कँडेलको निर्देशन रहेको ‘होस्टेल ३’ ले क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा समेट्ने बताइएको छ। फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक कँडेलकै हो।
सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा “होस्टेल ३” निर्माण गरेको हो। सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी यसको निर्माता हुन् भने कार्यकारी निर्मातामा शंकर कोइराला छन्।
यो फिल्म नेपाल रिलिज मितिमा नै अन्य विभिन्न देशहरूमा पनि प्रदर्शनमा ल्याउने तयारी छ। यसलाई नेपालमा आरआर फिल्म्स र काफिया फिल्म्सले वितरण गर्नेछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend