logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एमएडब्ल्यू वृद्धि मोटर्सद्वारा अत्याधुनिक शोरुमको भव्य उद्घाटन


  • जन आकाश
  • आइतबार, पुष २८ २०८१

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रा. लि. द्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको भव्य उद्घाटन गरेको छ।



यो कोशेढुङ्गाले असाधारण सेवा र व्यापक ग्राहक अनुभवप्रति नामीको प्रतिबद्धतालाई जोड दिन्छ। यसै अवसरमा नामीले सीमित समयका अफरहरू सहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि सुरु गर्दैछ।

उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायत प्रमुख व्यक्तित्वहरू सँगै नामीका ग्राहकहरू र मिडिया क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।

अगस्ट, २०२४ मा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति र फेसन शो सहितको सफल सुरुवात पछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको छ। यो नौलो लन्च इभेन्टले उल्लेखनीय चर्चा पाएको थियो र यसले नामीको बलियो बजार प्रवेशको लागि मार्गप्रशस्त गरेको थियो।

सुरुवातको एक महिना भित्रै नामीले ४०० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको छ। यसले नेपाली बजारमा नामीको बलियो माग देखाउँछ। नयाँ शोरूमको उद्घाटन आफ्ना सवारी साधनहरू बुक गरिसकेका ग्राहकहरूसँग उत्सव मनाउने उत्तम अवसर पनि बन्यो। कार्यक्रममा नामीको सिल्भर कलर भेरियन्टको पनि उत्सवमय लन्च गरिएको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend