logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विनोद कार्कीको शब्दमा रामेछापको गीत रेकर्ड


  • जन आकाश
  • सोमबार, पुष २९ २०८१

विनोद नेपाली ।
काठमाडौं । कलाकार तथा पत्रकार बिनोद कार्कीको शब्दमा रामेछापको गीत रेकर्ड भएको छ ।



उक्त गीतमा आवाज गायिका इन्दिरा खड्का र सुवास खड्काले दिएकाछन्, र राम कृष्ण थापाले यारेन्ज गरेका छन् । सुवास खड्काको संगीत रहेको गीत (Wave) स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीत विशेष गरी रामेछाप जिल्ला र गोकुलगंगा गाउँपालिकाका विभिन्न स्थानहरूको प्रशंसा गर्दै तयार गरिएको छ । जसमा ठोसे, रस्नालु, धौले, चाके,गर्जाङ, नमाडी बेताली, फर्फु र बालुवा जस्ता ठाउँहरूको बिशेष रुपमा उलेख गरिएको छ ।

बिनोद कार्की लामो समयदेखि कलाकारिता क्षेत्र र पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् । उनले यो भन्दाअघि जन आकाश मिडियाले निर्माण गरेको “कति राम्रो रामेछापको सिन” नामक गीत पनि लेखेका थिए जस्मा कार्कीको शब्द,लेख्नको धेरै प्रशंसा गरिएको थियो । उक्त गीत अहिले  गाडीको यात्रा गर्दा, रेडियो तिर धेरै गुन्जिने गर्दछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend