logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अभिभावक बन्नुपर्ने सरकारले प्रतिशोध साध्नु हुदैन 


  • जन आकाश
  • बिहिबार, माघ ३ २०८१

यतिवेला देशमा सरकारले विपक्षीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरी बिभिन्न मुद्दा लगाएर नियतवस जस्तै देखिने गरी गतिविधिहरु गरिरहेको छ । उनलाई पोखरा जिल्ला अदालतले ६५ लाँख र काठमाडै जिल्ला अदालतले ६० लाँख धरौटीमा रिया गरेको छ । अझै रुपन्देही लगायत अन्य जिल्लामा त्यस्तै प्रकृतिका मुद्दाहरु रहेको र हाजिर गर्न आदेश दिएको छ ।



यो सवै राज्यका तर्फवाट भएका कामहरु राजनीतिक प्रतिशोधको रुपमा भईरहेको जस्तो देखिन्छ । सरकार भनेको देशको अभिभावक हो । अभिभावले अरुभन्दा बढी जिम्मेवार हुनुपर्छ । सत्य र न्यायको पक्षमा अडिग रहनुपर्छ । भन्ने राष्ट्रिय एकताको भावना सु सस्कृत राजनीतिक सस्कार बसाल्न जान्नुपर्छ । विगतका राजनीतिक सरकारले गर्ने तरिका जस्तै गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गरिसकेको र संविधान समेत निर्माण गरेर सोही संविधान अनुसारको कानूनी व्यवस्था लागु भईरहेको देशमा पुरानै मनोवृतिहरु, प्रवृतिहरु, दोहोरिनु देशको पक्षमा हुदैन । अर्को पक्ष अहिलेका सरकामा रहेका प्रधानमन्त्री समेत कारागारमा कठिन जिवन विताएका र अन्य कतिपय सरकारमा रहेका व्याक्तिहरु राजनीतिक रुपमा कुनै न कुनै तरिकाले जेलमा, कष्टडी व्यातित गरेका रहेका छन् । त्यतिवेला सरकारमा रहेको शक्तिको दुरुपयोग गरेर राजनीतिक प्रतिशोधका कारण विपक्षीहरुलाई जेलमा पठाएर दुखः दिएको सम्झेर त्यस्ता प्रवृतिहरु वर्तमान सरकारले सुधार गरी त्यस्तै प्रवृतिहरु दोहोरिन नदिनुपर्ने हो ।

यस्ता सुधारका कामहरु भईराखेको देखिएको छैन । विपक्षी दलको नेता हुने वितिक्कै सवै शत्रु भन्ने तरिकाले कष्टडी राख्दा गरिएका व्यवहारहरु, अदालतमा उपस्थित गराउदाका व्यवहारहरु, धरौटी माग गर्ने तरिकाहरु निक्कै प्रतिसोधपुर्ण नै भएको देखिन्छ । अझैपनि थुप्रै केशहरु लगायर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई अन्यौलमा राखेर नेपाली जनताले चाहेको परिवर्तनलाई रोक्न सकिन्छ भनेर सरकार पक्ष लागिरहेको छ । यो निक्कै निन्दनीय काम हो ।

सरकार भनेको सवैको अभिावक हुनुपर्छ सरकारले यस्तै अभिभावक भएर देखाउन सक्नुपर्छ । त्यसो गर्न सरकारमा हरनेहरुले अभिभावकको भुमिका निर्वाह गर्न सकेनन् भने जनतामा अझै निरास उत्पन्न भई अपृय निर्णय लिन सक्छन् । भन्ने ज्ञान सम्बन्धित निकायलाई हुनुपर्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend