logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट


  • जन आकाश
  • शुक्रबार, माघ ४ २०८१

काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन्।



इन्गेजमेन्टका तस्बिरहरू सार्वजनिक भएसँगै उनलाई उनका फ्यान, शुभचिन्तक एवं कलाकारहरूले बधाई दिइरहेका छन्।

मेलिनाले ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी हुन्। यी दुईको विवाह शुक्रबार हुँदैछ। काठमाडौं गोकणेश्वरको एक रिसोर्टमा विवाह समारोह राखिएको छ।

परिवार, आफन्त र सीमित साथीभाइको उपस्थितिमा विवाह हुन लागेको बुझिएको छ। युट्युबमा सर्वाधिक हेरिएको कुटुमा कुटुु सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन्।

उनी कोच रहेको रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ६ को प्रसारण पनि भोलि शुक्रबारदेखि सुरू हुँदैछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend