logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एमएडब्लू वृद्धिको इलेक्ट्रिक एसयुभी डीपल S07L सार्वजनिक


  • जन आकाश
  • आइतबार, माघ ६ २०८१

काठमाडौं । एमएडब्लू वृद्धिले सोल्टी होटलमा आज आयोजित एक भव्य समारोहमा आफ्नो अपग्रेड गरिएको र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी डीपल S07L सार्वजनिक गरेको छ।



नेपालमा ७५० युनिट बिक्रीको प्रभावशाली कोशेढुङ्गा पार गरिसकेको भविष्यमुखि र प्राविधिक रूपमा उन्नत डीपल S07 को अभूतपूर्व सफलतामा निर्मित डीपल S07Lले उन्नत प्रदर्शन, विस्तारित दायरा र अत्याधुनिक सुविधाहरूको साथ विद्युतीय गतिशीलतालाई पुनस् परिभाषित गर्ने वाचा गर्दछ।

चम्किलो अनावरण कार्यक्रम एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, डीपलका स्टार ब्रान्ड एम्बेसडर र क्यानका सचिव पारस खड्का र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाद्वारा डिपल क्ण्ठी अनावरण गरिएको थियो।

कार्यक्रममा बोल्दै विष्णु अग्रवालले प्रिमियम उत्पादन, उन्नत प्रविधि र उत्कृष्ट आफ्टर सेल्स सेवाहरू मार्फत् ग्राहक अनुभवहरू बृद्धि गर्ने एमएडब्लूको प्रतिबद्धतामा जोड दिए। “हामीले ९१ वटा चार्जिङ स्टेशनहरू स्थापना गरेका छौं जुन नेपालको सबैभन्दा ठूलो नेटवर्क हो।

यो ईभी स्वामित्वलाई निर्बाध र सुविधाजनक बनाउने एमएडब्लू वृद्धिको प्रतिबद्धताकै एक हिस्सा हो,” अग्रवालले भने। उनले सवारी साधनप्रतिको विश्वास र सकारात्मक प्रतिक्रियाको लागि ग्राहकहरूलाई धन्यवाद पनि दिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend