जन आकाश
काठमाडौं । दर्शकमाझ चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ६ को प्रसारण सुरू भएको छ। यसको पहिलो एपिसोड शुक्रबार बेलुका प्रसारण भयो।
ब्लाइन्ड अडिसनको पहिलो एपिसोडमा चारैजना कोचले बेनीको बजारु गीतमा प्रस्तुति दिए।
यस सिजनमा गायक उदय सोताङ, राजु लामा, खेम सेन्चुरी र मेलिना राई कोचको रुपमा छन्।
राजु यसअघि पनि दुइटा सिजनमा कोच रहिसकेका छन् भने पाचौं सिजनमा कोच रहेका उदय यसपटक दोहोरिएका हुन्। त्यस्तै, यसअघि भ्वाइस किड्समा कोच रहेकी मेलिना भ्वाइस अफ नेपाल सिजन ६ मा कोच बनेकी छिन् भने खेम सेञ्चुरी भ्वाइस अफ नेपालको कोचमा अनुबन्धित हुने पहिलो लोक स्रष्टा समेत हुन्।
ब्लाइन्ड अडिसनबाट प्रत्येक कोचले आफ्नो टिममा १६र१६ जना प्रतिभालाई लिनेछन्। ६४ प्रतिभा ब्याटल राउन्डमा प्रवेश गर्नेछन्।
भ्वाइस अफ नेपाल सिजन ५ बाट प्रयोगमा आएको ब्लक्ड नियम यसपटक पनि राखिएको छ। यो कोचले आफूलाई मन परेको प्रतिभा अरू टिममा नजाओस् भनेर प्रयोग गरिने विशेष अधिकार हो। प्रत्येक कोचले यो अधिकार सिजनभरि एक पटक मात्र प्रयोग गर्ने सक्छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend