logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न


  • जन आकाश
  • बुधबार, माघ ९ २०८१

काठमाडौं ।  जनवरी २० मा भारतको राजधानी नयाँ दिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफयार्चस (यसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको छ ।



सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानेल छलफलमा पेनेलिष्टका रुपमा ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफनो धारणा राख्दै नेपालको अटोमोवाइल्स क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र राजे गारीमा दिएको योगदानबारे संक्षिप्त जानकारी दिनुभयो ।

सोही क्रममा अध्यक्ष चौधरीले नेपालको सडक शुरक्षाका सम्बन्धमा भईरहेको प्रयाशबारे पनि बताउनु हुदै नेपाल, सवारी साधनहरुको आर्यतकर्ताबाट   प्लाण्ट माफर्त उद्योगतर्फ अग्रसर हुदै गएको जानकारी दिनु भयो । पेनेलिष्टकोरुपमा बोल्दै अध्यक्ष चौधरीले नेपालमा आइसी गाडीहरुको आयात घटदै गएको भए पनि नेपालको सरकारले ग्रीन इनर्जिलाई उच्च प्राथमिकतामा राखेको फलस्वरुप नेपालमा विद्युतिय सवारी साधनहरुको आयात हरेक बर्ष बढदै गएको र सोही अनुरुप चार्जिङ्ग स्टेशनहरु पनि क्रमशः थपिदै गएको बताउनुभयो। यसैक्रममा अध्यक्ष चौधरीले नेपाल अहिले विद्युतिय सवारी साधनहरुको हव बन्दै गएको समते बताउनुभयो ।

उक्त ११ औं अटो ट्रेड डायलग कार्यक्रमलाई दक्षिण अफ्रीकाका डेपुटी हाई कमिश्नर सेड्रिक सि क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एण्ड ट्रान्सपार्टे महानिर्देशक डा. सेभने हलड्रोन, भारतका लागि ब्राजिली राजदतू एच.इ.केन्नेथ एफ.एच दा नोबे्रगा, मिनिष्ट्रिअफ हेवी इण्डष्ट्रिजका अतिरिक्त सचिव डा. हानिफ कुरेशी, मिनिष्ट्रिअफ कमर्श एण्ड इण्डष्ट्रिका अतिरिक्त सचिव एल सत्या श्री निवासले समेत सम्बोधन गरेका थिए ।

उक्त डायलग कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा व्यापार सझौतामामा एकिकृत लगानी, दोश्रो चरणमा स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेश्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृष्यमा लचिलोपना विकास गर्ने शीर्षक अन्तर्गत भएको छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधि लगायत विभिन्न देशबाट आएका प्रतिनिधिहरुले पेनेलिष्टका रुपमा आ—आफनो धारणा राखेका थिए ।

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोविलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडा केन्दि«य कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधि मण्डल भारत भ्रमणमा रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend