logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कविता


  • जन आकाश
  • बुधबार, माघ ९ २०८१

अनिता खड्का ।



फूल बनी फुल्न मन थियो
काँडा बनी खोप्न पुगेछु।
माया भनी बोलाउन मन थियो
तर उसकै मन रोप्ने छुरा भएछु।

इमान्दारी बन्छु भन्थे
तर बेमानी हुन पुगेछु।
उसलाई मात्र माया गर्छु भन्थे
तर अरूसँग जवानि साट्न पुगेछु।

म बाहेक अरुलाई मन नदेउ है प्यारी भनथ्यो
तर म चाहिँ अरुको मनसँग खेल्न पुगेछु।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend