जन आकाश
काठमाडौं । चर्चित हास्य सिरियल “सक्किगोनि” समूहद्वारा निर्माण गरिएको फिचर फिल्म “लाज शरणम् को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ।
विशेषरूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस) को गेटअप चर्चामा छ। नेताको भूमिकामा रहेका कट्टेललाई दोरा-सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ।
उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमलाई झल्काएको अनुमान गरिएको छ। साथै पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले फिल्मको गहिरो कथावस्तु झल्काएको छ।
लाज शरणम् हस्य टेलिशृंखला सक्किगोनि टिमले निर्माण गरेको फिल्म हो। यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारले अभिनय गरेका छन्।
फिल्मको निर्देशन कुमार कट्टेल जिग्रीु ले गरेका छन्। यसका प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुलगायत छन्।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह- निर्माताको रूपमा रहेका छन्। फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend