logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“एक्टर टेक वन” को प्रदर्शन रोक्न भन्दै मुद्दा दायर


  • जन आकाश
  • आइतबार, माघ १३ २०८१

काठमाडौं । प्रदीप खड्का अभिनीत फिल्म “एक्टर टेक वन” को प्रदर्शन रोक्न भन्दै मुद्दा दायर भएको छ।



माघ ४ गतेदेखि प्रदर्शनमा आएको फिल्म “एक्ट” का निर्माताले १६ गतेदेखि रिलिजमा आउन लागेको फिल्म एक्टरस् टेक वन विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन्।

दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कारबाही गरी उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको छ।

फिल्मको नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरी कानूनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेर गैरकानूनी कार्य गरेको आरोप रिटमा लगाइएको छ।

साथै रिटमा  एक्टरस् टेक वनलाई कुनैपनि विधि, पद्दति (सिनेमाघरमा, डिजिटल माध्यममा, टेलिभिजनमा)  कहिँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश समेत जारी गरि पाऊँ भन्ने माग गरिएको छ।

रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ। ‘एक्टर’ फिल्मका प्रस्तोता नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट सम्राट थापाले अदालतमा मुद्दा हालेका हुन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend