logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

केटीहरु घमण्डि नेपालको अडियो सार्वजनिक


  • जन आकाश
  • आइतबार, माघ १३ २०८१

इनिश बुढाथोकी



काठमाडौं– केटीहरु घमण्डि नेपालको अडियो माघ ९ गते सार्वजनिक भएको छ ।

लोकदोहोरी जनारामा बनेको यो गीतको शब्द बालकुमार श्रेष्ठको रहेको छ भने संगीत सुरज बुढाथोकीको रहेको छ । यस गीतमा सारदा रसाइली र सोहि गीतको संगीतकार सुरज बुढाथोकीको आवज रहेको छ ।

उक्त गीतको अहिले अडियो सुरेस काफ्ले टपिक्स युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ भने सोहि गीतको भिडियो भने केहि समय पछि सार्वजनिक गर्ने संगीतकार सुरज बुढाथोकीले बताएका छन् ।

सुरज बुढाथोकी पछिल्लो समय गीत संगीत क्षेत्रमा सक्रिय देखिदै आएका छन् । उनको केहि महिना अघि ‘सम्झना आइरन्छ अति’ बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतले दर्शक श्रोताको अपार माया पाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend