logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ नेपालमा सार्वजनिक


  • जन आकाश
  • मंगलबार, माघ १५ २०८१

काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई ०७ सार्वजनिक गरेको छ ।



अटोमोबाइल प्रविधिको ‘चमत्कार’का रुपमा लिइने दिपल ई ०७ लाई एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया पेसिफिक भीपी गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गर्नु भएको हो ।

नयाँ एसयुभी सेग्मेन्टको उदय
दिपल ई०७ आफ्नो रूपान्तरणीय क्षमता (ट्रान्सफर्मर क्यापाबिलिटी)मार्फत विल्कुलै नयाँ ड्राइभिङ अनुभव प्रदान गर्दै अटोमोबाइल जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ ।

यो एसयुभी एउटा बटन थिच्ने बित्तिकै पिकअप ट्रकमा परिणत हुन्छ । एसयुभी, पिकअप र क्याम्पिङ र आरभी (रिक्रिएसनल भेहिकल) सहित चार फरक प्रयोजनका लागि प्रयोग गर्न सकिने ई०७ले लक्जरियस र इन्टिलेजेन्ट एडभेन्चरमार्फत आफूलाई ‘फ्युचरिस्टिक मार्भेल’का रुपमा स्थापित गर्नेछ ।

अतुलनीय फिचर र स्पेसिफिकेसन
दिपल ई०७ मा ‘रियरह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’मा उपलब्ध हुनेछ । ‘रियरह्विल ड्राइभ भेरियन्ट’मा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ ।

यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले ५६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिनेछ । त्यसैगरी, अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्छ । २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो इभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ ।

ई०७ को ‘एरोडाइनामिक्स डिजाइन’को ‘ड्रयाग कोफिसेन्ट’ ०.२३७ सीडी रहेको छ जसले गर्दा यसको यात्रा आरामदायी बनाउँछ । त्यसैगरी यसको ‘वाटरवेडिंग’ क्षमता ६०० एमएम रहेको छ जसले यसलाई खराब भूबनोटमा सहज यात्रा गराउनेछ ।

स्टाइल र उपयोगिताको सम्मीश्रण
५ मिटर लामो दिपल ई०७को ह्विलबेस ३१२० एमएम रहेको छ जसले यसलाई ‘स्पेसियस’ बनाएको छ र ‘क्याबिन एक्सपिरियन्स’ लाई बेजोड बनाएको छ । यसमा ‘स्टाइलिस स्टार रिंग इन्टिग्रेटेड हेडलाइट’, ‘स्लाइडिंग रियर डोम डिजाइन’ र ठूलो ‘मल्टिफंक्सन रुफ ¥याक’ रहेको छ जसले ३०० केजीसम्मको ‘लोड’लाई उठाउन सक्छ । त्यसैगरी यसमा १३१ लिटरको फ्रंक स्पेस, ६०० केजी क्षमताको बुट र ‘अन्डर सिट स्टोरेज’ पनि रहेको छ ।

सुरक्षित र स्मार्ट यात्राका लागि ‘इन्टेलिजेन्ट’ प्रविधि
दिपल ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिंग प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ । यसमा २८.८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ जसले ‘ड्राइभिंग एक्सपिरियन्स’ लाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउँछ । सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्र्युज असिस्ट’, ४ वटा ‘पार्किंग असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ । साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिंग’ रहेको छ जसले ‘नेभिगेसन’ र पार्किंग आदिलाई सजह बनाउँछ ।

‘फ्युचरिस्टिक इन्जिनियरिंग’ र ‘इकोफ्रेन्ड्ली डिजाइन’
दिपल ई०७ मा ‘गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री’ प्रयोग गरिएको छ जसले अत्यन्त चिसोमा पनि बेमिसाल ‘पर्फर्मेन्स’ दिनेछ । ‘एडाप्टिभ आयल कुलिंग सिस्टम’ र ‘अल्ट्रा–थिन सिलिकन मोटर कभरिंग’ ले ब्याट्रीको ‘इफिसेन्सी, रिलायबिलिटी र इनर्जी सेभिंग’मा मद्दत गर्छ । यसको ‘युनिक सुपर पावर सेभिंग मोड’ ले ड्राइभिंग रेन्जलाई अझ बढाउँछ ।

चांगानको विरासतलाई नयाँ उचाइमा पु¥याउने ई०७
दोस्रो ठूलो चिनियाँ अटोमोबाइल कम्पनी चांगानसँग एकसय ६३ वर्ष लामो विरासत छ । संसारभर १४ स्थानबाट उत्पादन केन्द्र र ३४ स्थानमा प्लान्ट भएको चांगानले आविष्कार र दीर्घकालिनतालाई निकै महत्व दिँदै आएको छ ।

ई०७ को सार्वजनिकीकरण कार्यक्रममा बोल्नु हुँदै एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालको इभि बजारमा दिपल एस०७ र एल०७ सफल भइसकेको र यसका लागि सबै ७५० जना ग्राहकप्रति आभार व्यक्त गर्नु भयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend