logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

यामाहा नेपालले WT20I त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने


  • जन आकाश
  • सोमबार, माघ २१ २०८१

काठमाडौं । प्रदर्शन, विश्वसनीयता र उत्कृष्टताको पर्याय ब्रान्ड यामाहा नेपालले माघ १७ देखि २५ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने WT20I त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजनको घोषणा गरेको छ।



तीन प्रतिस्पर्धी राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने यो प्रतियोगिताका खेलहरू दिउँसो १२:१५ बजे सुरु हुनेछन्। जोश, शुद्धता र शक्तिलाई मूर्त रूप दिने ब्रान्ड यामाहा नेपालको क्रिकेटसँगको सम्बन्धले देशमा खेलकुद र युवा संलग्नतालाई सघाउने विश्वास गरिएको छ।

नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा जस्तो गतिशील ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने छ।

WT20I  त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “यामाहा सधैं खेलभावना, प्रदर्शन र क्षमता अबिवृद्धिमा विश्वास गर्दछ।

हाम्रा यी मूल्यहरू यामाहा राइडर र क्रिकेट प्रशंसक दुवैसँग दृढतापूर्वक प्रतिध्वनित हुन्छन्। हामी WT20I त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजक हुन र नेपालमा क्रिकेटको विकासमा योगदान पुर्‍याउन पाउँदा उत्साहित छौं। यो साझेदारीले खेलकुदलाई सशक्त बनाउने र उत्कृष्टताको संस्कृतिलाई बढावा दिनेछ।”

WT20I त्रिकोणात्मक शृङ्खला २०२५ मा तीन अन्तर्राष्ट्रिय टोलीहरू बीचको तीव्र प्रतिस्पर्धाले नेपालमा विश्वस्तरीय क्रिकेटको रोमान्च भित्र्याउने निश्चित छ। यामाहा नेपालको संलग्नतासँगै यो शृंखलाले क्रिकेटप्रेमी, यामाहा प्रशंसक र खेलकुद प्रेमीहरू सबैलाई सहभागी गराई गति, शिल्प र खेलभावनाको रोमाञ्चक संयोजन सिर्जना गर्नेछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend