logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

चन्द थापा श्रेष्ठको आवाजमा रहेको “अनिधो आखाँ” चर्चामा


  • जन आकाश
  • सोमबार, माघ २१ २०८१

काठमाडौं । चन्द थापा श्रेष्ठको आवाजमा रहेको “अनिधो आखाँ” बोलको गीत Chanda Thapa Sherstha  अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।



उक्त गीतको शब्द, संगीत र आवाज चन्द थापा श्रेष्ठ स्वयमको रहेको छ । भने पछिल्लो समयका लोकप्रिय निर्देशक बिशाल नेपालीले निर्देशन गरेकाछन् उक्त गीतमा विक्रम बुढाथोकी, संगिता शाही र चन्द थापा श्रेष्ठको अभिनय आकर्षक रूपमा देखिन्छ ।

आधुनिक शैलीमा तयार पारिएको उक्त गीतलेमाया र पिरतीका भावनालाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ । विशेष गरी गायिका चन्द थापा श्रेष्ठको आवाजको धेरै प्रशंसा गरिएको छ ।

यो गीत चन्द थापाको पहिलो गीत हो, र उनले यस गीतमार्फत संगीत क्षेत्रमा आफ्नो यात्रा सुरु गरिन्। गीतको सफलता र उनको सुरीलो आवाजले उनलाई एकदमै ठूलो प्रशंसा प्राप्त गराएको छ।

उक्त गीतले चन्द थापा श्रेष्ठ लाई भविष्यमा संगीत क्षेत्रमा अझ उचाइमा पुर्याउने सम्भावनाहरु देखाएको छ। उनले आफ्नो पहिलो प्रयासमा नै यो स्तरको सफलता प्राप्त गरेकी छिन्, जुन उनको आवाजले दर्शकहरुसँग गहिरो कनेक्शन स्थापित गरेको छ र यो गीतले उनलाई भविष्यमा अझ धेरै सफलता दिलाउने निश्चित छ । गीतको सफलता उनको प्रतिभा र मेहनतको प्रतिफल हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend