जन आकाश
काठमाडौं – पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा चर्चा बटुल्न सफल निर्देशक तथा कोरियोग्राफर बिशाल नेपाली कलाकारिता क्षेत्रका एक उदारणीय व्यति हुन् उनले निर्देशन गरेका दर्जनौ गीतहरु निकै लोकप्रियछन् भने उनले निर्देशन गरेका कति गीतले नेपाली सागीतिक क्षेत्रमा इतिहास समेत रचन सफल भएकाछन् । बिशाल नेपाली, जसले आफ्नो कोरियोग्राफी र निर्देशनमा विशेष पहिचान बनाएका छन्, अहिले नेपाली म्युजिक इन्डस्ट्रीका सर्बैले चिन्ने प्रमुख नाम बनाएका छन् ।
बिशाल नेपालीको जन्म दाङ जिल्लामा माता गोमा नेपाली र पिता घनश्याम नेपालीको कोखबाट भएको हो । आज उनी नेपाली कला र साङ्गीतिक जगतका चर्चित र लोकप्रिय निर्देशक तथा कोरियोग्राफरका रूपमा परिचित छन् । उनले नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान समेत बनाएका छन् ।
लामो समयदेखि म्युजिक भिडियोमा निर्देशन र कोरियोग्राफी गर्दै आएका बिशाल नेपालीले आफ्नो कला यात्रा विभिन्न स्टेज शोबाट सुरु गरेका थिए लामो समय कलाकारिता क्षेत्रको संघर्षपछि उनले सफलता पनि प्राप्त गरे अहिले उनले निर्देशन गरेका , बालेन साह जस्तो पाए पोहिला गइदिन्थे, रुनै जन्मेको रै छु , दुई कदम, सोझी केटी, अच्मै, गास्ने मन छ पिरती,जाउ डाँढा काटी रेलैमा,कसम सानु, दुर्गेश थापाको अभिनय रहेको देउसी भैलो लगायत दर्जनौ गीतहरु निकै लोकप्रिय रहेकाछन् ।

सस्तो बजेटमा उच्च गुणस्तरको काम गर्न सक्ने बिशाल नेपाली पछिल्लो समयका बहुचर्चित निर्देशकको रुपमा चिनिन्छन् । उनले नेपालका विभिन्न चर्चित कलाकारसँग सहकार्य गर्दै आफ्नो कामलाई अझ भरिपूर्ण बनाएका छन् । यसका साथै, उनी आफू पनि केही म्युजिक भिडियोहरूमा अभिनय गर्दै आफ्नो बहुआयामिक क्षमताको प्रदर्शन गर्दै आएका छन्।
उनको कलाकारिता यात्रा लामो संघर्ष र कडा मिहिनेतका साथ शुरु भएको थियो । बिशाल नेपालीले केवल आफ्नो निर्देशनको माध्यमबाट नै पहिचान बनाएका छैनन्, उनी एक कुशल कोरियोग्राफर पनि हुन् जसले कलाकारहरूको प्रस्तुतीलाई एक नयाँ र आकर्षक रूप दिन सफल भएका छन्।
उनीसँग काम गरेका धेरै नेपाली कलाकारहरूले उनलाई आफ्नो क्षेत्रका एक प्रेरणास्त्रोतका रूपमा लिन्छन् । बिशालले नेपाली म्युजिक उद्योगमा काम गर्ने सबैको पेशागत स्तरलाई माथि पुर्याएका छन् ।
उनको निर्देशन र कोरियोग्राफीले नेपाली म्युजिक उद्योगलाई अमूल्य योग्दान पु¥याएको छ । आधुनिक लोक, पअप सबै बिधाका गीतमा काम गर्दे आएका नेपालीले आफूलाई एक कुशल निर्देशक र कोरियोग्राफरको रूपमा स्थापित गरेका छन् । उनले आफूलाई विभिन्न चुनौतीहरूको सामना गर्दै यो स्थानमा पुर्याएका छन्, र अहिले पनि बेलाबेलामा विभिन्न साङ्गीतिक कार्यक्रममा आफ्नो सिर्जना र प्रदर्शनका लागि देखिन्छन् ।
बिगत १५- २० बर्षदेखि नेपाली सागीतिक क्षेत्रमा अमूल्य योग्दान दिर्दै आएका बिशाल नेपाली म्युजिक इन्डस्ट्रीको एक अविस्मरणीय नामका रूपमा उभिएका छन् र आफ्नो साङ्गीतिक कार्यक्षेत्रमा निरन्तर नयां उचाइमा पुर्याउनका लागि कडा मिहिनेत गर्दैछन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend