जन आकाश
काठमाडौं । मिति २०८१ माघ १९ गते शनिबार वरिष्ठ कविहरू रामशरण न्यौपाने, डा. बमबहादुर थापा जिताली र गंगा लिगल विशिष्ट अतिथि रहेको राष्ट्रिय सुसेली फाउन्डेसनको एकसट्ठीयौँ कार्यक्रम सुसेली मञ्चकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको स्वागत मन्तव्य र २६ गते हुन गइरहेको वनभोज कार्यक्रमको जानकारी दिँदै सन्चालन गर्नुभएको थियो ।
२१ जना कवि साहित्यकारहरूको उपस्थितिमा संचालित सहिद दिवस विशेष कार्यक्रममा विशिष्ट अतिथि रामशरण न्यौपानेले सच्चा सहिदहरू प्रति श्रद्धा अर्पण गर्दै आज उपस्थित सबै कवि साहित्यकारहरूले सहिदहरू प्रति समर्पित रहेर आत्मा देखि सहिदको सम्झना गर्दै सुसेली लेख्नु र गाउनु भएकोमा अत्यन्तै खुसी लागेको बताउनु हुँदै आफूले रचना गरेका १० वटा सहिद सम्बन्धित सुसेली गाएर सुनाउनु भयो ।
यसैगरी अर्की विशिष्ट अतिथि गंगा लिगलले सुसेली मञ्चलाई शुभकामना दिँदै सुसेलीले सहिदको सम्झनामा कार्यक्रम गरेर उदाहरणीय सन्देश दिएको अनुभव भएको कुरा उल्लेख गर्दै आफूले रचनागरेका सहिदमा समर्पित सुसेलीहरू वाचन गर्नु भयो । प्राबिधिक गडबडीले डाक्टर बमबहादुर थापा जिताली उपस्थित भएर पनि सुसेली सुनाएर सहिदमा श्रद्धा अर्पण गर्न असमर्थ रहनुभयो ।
अन्य सुसेली गायनरवाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा उत्तम विचार, सुरेशचन्द्र घिमिरे, चन्द्रा न्यौपाने, कल्पना भट्टराई, रामप्रसाद अधिकारी, विमला ढकाल, जानुका थापा रायमाझी, ललिता दोषी, धरणिधर गुरागाई, पवनकुमार बुढाथोकी, डिल्लीप्रसाद मूलतिहुन, द्वारिका कुईकेल र सुमित्रा श्रेष्ठले सहिद सम्बन्धित सुसेली गाएर सहिदहरू प्रति श्रद्धा अर्पण गर्नुभयो ।
अन्तमा सभापति दुर्गा अधिकारी भमरकोटेले सुसेलीको यो एकसट्ठीयौँ कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्नुका साथै सहिद दिवस केही दिन अगाडि भएतापनि सहिदहरू हरेक नागरिकले सम्झनै पर्ने महान योद्धा भएका कारण सुसेलीले कहिल्यै नबिर्सने बताउनुभयो ।
नयाँ राष्ट्रिय गीत बजारमा ल्याउन सफल सुसेलीकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीलाई बधाई सहित यही २६ गते सुसेली फाउन्डेसनले आयोजना गरेको वनभोज कार्यक्रममा सबैलाई निमन्त्रणा गर्दै सहिदसंग सम्बन्धित एक दर्जन सुसेली सहिदमा श्रद्धा अर्पण गरि कार्यक्रमको समापन गर्नुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend