जन आकाश
काठमाडौं । आगामी फागुन ९ गतेदेखि रिलिज हुने फिल्म “ताण्डवम्” को पहिलो गीत हिमानी “ए सानु” सार्वजनिक भएको छ।
मंगलबार फिल्मका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत रिलिज गरिएको हो। सुशान्त गौतमको शब्द रचना तथा संगीत रहेको गीतमा इन्द्रकला राईको स्वर छ। गायिका राई पछिल्लो समय “भ्वाइस अफ नेपालको सिजन ६” मा सहभागी भएसँगै चर्चामा छिन्।
उनले स्वर भरेका बेहुली फ्रम मेघौलीको उडायो मनु र बार्दली गीत दर्शकमाझ चर्चित छन्।
क्लरिष्ट जुनिम गहतराजको डेब्यू निर्देशनमा निर्माण भएको फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाल लगायत कलाकारको अभिनय छ।
फिल्मले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरू जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ।
फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend