जन आकाश
काठमाडौं । चर्चित हास्य सिरियल सक्किगोनि टिमले निर्माण गरेको फिचर फिल्म “लाज शरणम” को गीत सार्वजनिक गरिएको छ।
बिहीबार ओएसआर डिजिटल युट्युब च्यालनमार्फत हेर्दा हेर्दैमा बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडिओमा माला लिम्बू, गजित विष्टसँगै फिल्मका अधिकांश मुख्य कलाकारको अभिनय छ। तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडिओ खिचिएको छ।
शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ। कृष्ण भारध्वजले संगीत गरेका छन्।
कुमार कट्टेल (जिग्री) को निर्देशन रहेको फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा नवीन श्रेष्ठ छन्।
कुमार कट्टेलको कथा, कुमार र दीपक आचार्यको पटकथा रहेको फिल्म सुदीप बरालले छायांकन गरेका हुन्।
फिल्ममा राम नरेश शाह र श्रीजना खड्का सह-निर्माताको रूपमा छन्। अर्जुन घिमिरे (पाँडे) कार्यकारी निर्माता छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend