logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘लाज शरणम्’को ‘नेपाल हाँसेको’ गीतमा बालेनको ¥याप


  • जन आकाश
  • सोमबार, माघ २८ २०८१

काठमाडौं– काठमाडौंका मेयर तथा ¥यापर बालेन शाहले फिल्म ‘लाज शरणम्’का लागि गाएको ‘नेपाल हाँसेको’ बोलको ¥याप गीत सार्वजनिक भएको छ ।



बालेनकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनी स्वयंको शब्द रचना तथा म्यूजिक कम्पोज रहेको छ । यो गीत करिब १० वर्षअघि नै रिलिज भइसकेको थियो । भिडियो भने बनेको थिएन । त्यही गीतलाई बालेनले फिल्मका लागि पुनः रेकर्ड गरेका हुन् ।

गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु अर्जुन घिमिरे, हरिष निरौला, सागर लम्साल, महेश त्रिपाठी, गजित विष्ट, रामबाबु रेग्मी, सानु पाण्डे र बाल कलाकार आयुषी ढकाल प्रस्तुत छन् । भिडियोमा वैदेशिक रोजगारीको दुःखान्त अवस्थालाई चित्रण गरिएको छ, जुन मर्मस्पर्शी छ ।

‘नेपाल हाँसेको’ गीत फिल्ममा भने समावेश नहुने जनाइएको छ । निर्माण टिमले यसलाई ‘प्रमोसनल गीत’ भनेको छ । फिल्मको कथासँग गीतको भाव मिल्ने भएपछि भिडियो तयार पारिएको हो । आगामी फागुन १४ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउन लागेको फिल्मको केही दिनअघि ‘हेर्दा हेर्दैमा’ गीत सार्वजनिक गरिएको थियो, जुन अहिले चर्चामा छ ।

कुमार कट्टेलको निर्देशनमा तयार भएको फिल्ममा सिताराम कट्टेल, प्रियाना आचार्य, विजय बराल, अर्पण थापा, रेणु योगी, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतको पनि अभिनय छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा छन् । बालेनको गीतले फिल्मको ‘हाइप’ बनाउन ठूलो भूमिका खेल्न सक्ने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend