logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बालेन शाहले गाएको ‘लाज शरणम्’ को गीत सार्वजनिक


  • जन आकाश
  • मंगलबार, माघ २९ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएको नयाँ गीत सार्वजनिक भएको छ।



उनले फिल्म “लाज शरणम्” लागि गाएको नेपाल हाँसेको बोलको र्‍याप गीत सोमबार बालेनकै अफिसियल युट्युबबाट सार्वजनिक गरिएको हो।

यसमा बालेनकै शब्द, कम्पोज र र्‍याप छ। बालेनको यो लामो समयको अन्तरालमा सार्वजनिक गीत हो। गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ। खासगरी वैदेशिक रोजगारीले दिएको पीडालाई गीतमा देखाउन खोजिएको छ।

फिल्मको टिमले यसलाई प्रमोसनका रूपमा दर्शकमाझ ल्याएको हो। भिडिओमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल, सानु पाण्डे लगायत देखिएका छन्। गम्भीर विष्टले भिडिओको कोरियोग्राफी गरेका हुन्।

फिल्म लाज शरणम् हास्य सिरियल सक्किगोनि टिमले निर्माण गरेको हो। कुमार कट्टेलको निर्देशन रहेको फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, सागर लम्साल, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, कमलमणि नेपाल, महेश त्रिपाठी लगायतको अभिनय छ।

फिल्म फागुन १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। महाशिवरात्रिको अवसर पारेर फिल्म रिलिज हुन लागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend