logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फिल्म “मायावी” को ट्रेलर सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, फाल्गुन २ २०८१

काठमाडौं । दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म “मायावी” को ट्रेलर सार्वजनिक भएको छ।



बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेत्री दीपिका प्रसाईं र पल शाहबीचको प्रेम सम्बन्ध देखाइएको छ।

फिल्ममा पल र दीपिकासँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, राजाराम पौडेल, रमा प्रसाईंलगायत कलाकारको अभिनय छ। फिल्मको कथा लेखन निर्देशक भट्टराई स्वयंको हो ।

क्रिएटिभ सिने आर्टस् प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्मातामा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त छन्। राजु थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ।

यो फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शन हुनेछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend