logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिनोद कार्की कलाकारिता र पत्रकारिता क्षेत्रका प्रतिभाशाली व्यक्तित्व


  • जन आकाश
  • आइतबार, फाल्गुन ४ २०८१

इनिस बुढाथोकी ।



काठमाडौं । बिनोद कार्की एक प्रतिभाशाली व्यक्ति हुन्, जसले कलाकारिता र पत्रकारिता दुबै क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । उनी केवल एक कलाकार मात्र होइनन्, हास्यव्यंग्यका एक उत्कृष्ट प्रस्तुतकर्ता पनि हुन्,जसको शैली र अभिनयले नेपाली दर्शकहरूलाई आकर्षित गरेको छ ।

बिगत केही बर्षदेखि कलाकारिता क्षेत्र र पत्रकारिता क्षेत्रमा अमूल्य योदान दिदै आएका कार्की रामेछाप जिल्लामा जन्मिएका एक प्रतिभाशाली व्यति हुन् । जस्को पत्रकारिता क्षेत्र र कलाकारिता क्षेत्रमा अमूल्य योग्दान छ ।

कार्कीको जन्म रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं १, चाके मा भएको हो । उनी माता बिष्णु मायाँ कार्की र पिता पदम बाहादर कार्कीका कान्छा छोरा हुन् ।

अहिले कार्की जन आकाश मिडिया प्रा .लि का रिपोर्टर हुन् अहिले उनले “प्रतिभाको लागि सम्मान नव प्रतिभाको लागि स्थान” दिने (संगीत खबर) कार्यक्रम चलाउछन् उनले झन्डै २०० हाराहारी कलाकारको अन्तर्वार्ता लिसकेकाछन् भने कार्कीले जनताको आवाजलाई आफ्नो समाचार माध्यमबाट कलम चालाउदै आएका छन्, जुन आजको पत्रकारिता क्षेत्रको एक महत्वपूर्ण कदम हो । कम बोल्ने लजालु स्वभाव भएका कार्कीले कलाकारिता क्षेत्र र पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकाछन् ।

कलाकारिता यात्रा ।

उनको कलाकारिता यात्रा माइलो टिली चलचित्रबाट सुरु भएको हो । यस चलचित्रमा उनले आफ्नो अभिनयले दर्शकहरूको ध्यान आकर्षित गरे र त्यसपछि नेपाली टेली–चलचित्रको क्षेत्रमा उनको यात्रा अघि बढ्यो । उनले बारा मासे, सासु बुवारी,माइला, एक्लो मायाँ, बोक्सी,सहरीया बुवारी, जीवन भोगाई लगायतका थुप्रै नेपाली टेली सिरियलहरूमा अभिनय गरेका छन् । यी सबै सिरियलहरूमा उनले गम्बिर र हास्यर्पूण पात्रहरूको भूमिका निभाएका छन्, जसले उनलाई दर्शकहरूका माझ निकै लोकप्रिय बनायो ।

सिर्षकको लागि विशेष चर्चामा रहेको उनकोे अर्को क्षेत्र भनेको म्युजिक भिडियो हो । कार्कीले म्युजिक भिडियोमा पनि आफ्नो गम्बिर अभिनय र हास्य अभिनय प्रस्तुत गरेर धेरै म्युजिक भिडियोमा कमेडी र सिरियस पात्रको रूपमा काम गरेका छन् । उनका अभिनय गरेको केही चर्चित गीतहरूमा बाटैमा घर छ,गाउँ जाने बाटो,अंगालो कसौला, कान्छु मायाँलु बाटोमा घर छ जस्ता गीतहरू छन् । यी गीतहरूमा उनले दर्शकलाई हसाउने, मनोरञ्जन प्रदान गर्ने अभिनय गरेका छन् ।

रामेछापको योगदान ।

बिनोद कार्की आफ्नो जन्मस्थल रामेछाप जिल्लाप्रति निकै गहिरो प्रेम राख्छन् । उनले रामेछापलाई समर्पित जन आकाश मिडिया मार्फत एक गीत पनि बजारमा ल्याएका छन्, जसको नाम “कति राम्रो छापको सिन” यस गीतमार्फत उनले आफ्नो जन्मभूमि रामेछापको सांस्कृतिक र सामाजिक विशेषता समेट्ने प्रयास गरेका छन्। यस गीतको माध्यमबाट उनले रामेछाप जिल्लालाई राष्ट्रिय स्तरमा चिनाउन चाहेका छन् ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend