जन आकाश
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको फिल्म “वसन्त” चैतमा प्रदर्शनमा आउने तयारीमा छ।
उनले पहिलोपटक निर्देशन गरेको यो फिल्मको पहिलो गीत गत महिना सार्वजनिक गरियो। प्रकाश स्वयं र शान्तिश्री परियारको स्वर रहेको ‘“साँझ पर्यो झमक्क” बोलको सो गीतले राम्रो चर्चा पायो। यसपछि फिल्मको टिजर समेत सार्वजनिक भइसकेको छ।
यो फिल्ममा अन्य केही गीतहरू समेत समावेश हुनेछन्। सुगम पोखरेल, देबेन्द्र बब्लु, समीक्षा अधिकारी, देवी घर्ती लगायतले यो फिल्मका लागि स्वर दिएका छन्।
स्रोतका अनुसार यो फिल्मको कुनै एक गीतका लागि गायिका विष्णु माझी पहिलो रोजाइमा थिइन्। उनलाई गाउन दिने योजनासहित निर्माण टिमले प्रस्ताव लगेको थियो। तर पारिश्रमिक लगायत अन्य विषयमा कुरा नमिल्दा सहकार्य हुन सकेन्, स्रोतको भनाइ छ।
लोकदोहोरी गायनमा निकै रूचाइएकी विष्णु माझीले पछिल्लो समय बाहिरी गीत गाएकी छैनिन्। दसैंको छेकोमा सार्वजनिक परदेशी मेरो परदेशी उनको पछिल्लो गीत हो।
उनी नेपालकी सर्वाधिक महंगी गायिकामा पर्छिन्। दुई वर्ष अघिसम्म उनलाई २ लाख पारिश्रमिक दिएर थुप्रैले गीत रेकर्ड गराएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend