logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • जन आकाश
  • सोमबार, फाल्गुन ५ २०८१

काठमाडौं । बुटवल रुपन्देहीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एशोसिएशनका अध्यक्षहरुविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।



नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको थियो । सो कार्यक्रममा संस्थागत एशोसिएशनहरुबाट उपस्थित हुनु भएका पदाधिकारी तथा सदस्यले विभिन्न प्रश्नहरु गर्दै त्यसको समाधानका लागि समेत आग्रह गर्नु भएको थियो ।

यसै क्रममा पदाधिकारी तथा सदस्यहरुले कर तिर्ने व्यवसायीहरुले सरकारीतहबाट यथोचित सम्मान पाउन नसकेको, सीमापारीबाट सामानहरुसंगै अटोमोवाइल प्राविधिज्ञहरु समेत आउने गरेको र यसले साना व्यवसायीहरुलाई नकारात्मक प्रभाव पार्ने गरेको, बैंङ्गहरुले ऋण दिने भने पनि व्यवसायीहरुले ऋण लिन सक्ने अवस्था नरहेको, प्रदेश यातायात व्यवस्था कार्यालयहरुमा पनि लाइसेन्स वितरणको समस्या यथावत नै रहेको, देशको राजश्व र रोगगारीको क्षेत्रमा अटोमोवाइल क्षेत्रको ठूलो लगानी भए पनि सो अनुरुप सरकारको दृष्ट्रिकोण सकारात्मक नभएको, बजार अनुगमनको नाममा अझै जरीवाना तिनु पर्ने अवस्था विद्यमान नै रहेको, आर्थिक मन्दीको कारण व्यवसायीहरुलाई आफनो व्यवसायमा टिकीरहन कठीन हुदै गएको, नाडाको दोहोरो सदस्यताले समस्या उत्पन्न हुने गरेको, मूल्याङ्गनका सम्बन्धमा भन्सार कार्यालयहरुमा हुने गरेको समस्या, गरेको, ब्राण्ड खुलाएर आयात गर्न पाउने व्यवस्था हुनु पर्ने, खुल्ला वोर्डरले पारेको समस्या, व्यवसायीहरुको पुरानो स्टकको समस्या, नक्कली अटोमोवाइल पार्टसहरुको आयातले व्यवसायीहरुले भोग्नु परेको समस्या लगायतका विभिन्न विषयहरुमा प्रश्नहरु राख्नु भएको थियो ।

सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले त्यहाँ उठेका विभिन्न प्रश्नहरुको जवाफ दिनु भएको थियो । सो प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष चौधरीले सरकारले नाडाको आवाज सुन्न ठालेको भन्नु हुदै सरकारले हालै अध्यादेश मार्फत ल्याइएको ऐनबाट धेरै हदसम्म हाम्रा मागँहरु सम्बाधन भएको जानकारी दिनु भयो ।

सोहि क्रममा अध्यक्ष चौधरीले विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा सन्दर्भ मूल्यसूचि समय सापेक्ष बनाउन सरकारलाई निरन्तर रुपमा आग्रह गर्दै आएको र नाडाका विभिन्न मागहरुलाई लिएर प्रधानमन्त्री कार्यालय लगायत सम्बद्ध मन्त्रालय र विभागहरुमा भेटघाट र छलफल समेत गरिएको बताउनु भयो ।

यसै क्रममा अध्यक्ष चौधरीले बङ्गलादेश भुटान भारत र नेपालविच हुन लागेको विविआइएन सहमती सम्बन्धी बैठकमा स्वंयम सहभागी भएको र त्यस सहमतीले नेपालको अटोमोवाइल क्षेत्रलाई पार्ने नकारात्मक प्रभावहरुका विषयमा नाडाकोतर्फबाट धारणा राखिएको बताउनु हुदै हालै भारतको नयाँ दिल्लीमा भारत मोविलिटीको सन्दर्भमा नाडा, एक्मा र एयसडिसी विच भएको सहमती बारे समेत जानकारी दिनु भएको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले स्वागत गर्नु भएको थियो भने कायक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले गर्नु भएको थियो । त्यसैगरी सो कार्यक्रमको धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गर्नु भएको थियो ।

भर्चुअल विधिमा समेत आयोजना गरिएको सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, संस्थागत सदस्य कृष्णप्रसाद श्रेष्ठ तथा भद्र भण्डारी, केन्द्रीय कार्य समिति सदस्यद्धय नवराज भुषाल, प्रकाश कपुरी, सुनिल रिजाल, निलमणी पाठक मेघराज पौडेल, नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनकातर्फबाट अध्यक्ष ऋषि ढकाल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष दिपेन्द्र कोईराला समेतको उपस्थिति रहेको थियो । त्यसैगरी लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालकातर्फबाट बरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, उपाध्यक्ष नरेन्द्र ओली, महासचिव राम बेलवासे, सचिव विवेक श्रेष्ठ, कोषाध्यक्ष नारायण पौडेल, सहकोषाध्यक्ष चन्द्रदिप जोशी, सहसचिव तिलकराम पाण्डे सदस्यद्धय दिपक ओली, प्रवेश भट्टराई, रमेश श्रेष्ठ, थिरेन्द्र श्रेष्ठ, दिपक पौडेल, केशव पाण्डे, बालकृष्ण पाण्डे, ओमहरी आचार्य, कमल न्यौपाने, दिनेश अमात्य र साधारण सदस्य प्रकाश भट्टराई र जगदिश भट्ट समेतको उपस्थिति रहेको थियो ।

त्यस्तै सो कार्यक्रममा हेटौडा अटोमोवाइल्स एशोसिएशनका बरिष्ठ उपाध्यक्ष धर्म धिमाल, महासचिव दिपेन्द्रकुमार उपे्रती र सदस्य विकाश नेपालको उपस्थिति रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend