logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“लाज शरणम्” फिल्मको प्रचारमा रोक


  • जन आकाश
  • बुधबार, फाल्गुन ७ २०८१

काठमाडौं । उच्च अदालत पाटनले “लाज शरणम्” फिल्मको प्रचारमा रोक लगाएको छ।



मंगलबार पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश हेमन्त रावलको इजलासले उक्त सिनेमाको प्रचारमा रोक लगाएको हो।

जन्मकैदको सजाय भुक्तान गरिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमले माघ २४ गते उच्च अदालत पाटनमा उक्त सिनेमा विरूद्ध निवेदन दिएका थिए।

जेपिटी क्रिएसन प्रा.लिको प्रस्तुतिमा कार्यकारी निर्मातामा अर्जुन घिमिरे (पाँडे) रहेको सिनेमा लाज शरणम्को पोस्टर र टिजर सार्वजनिक गरिएको थियो। पोस्टर र टिजरमा सिताराम कट्टेल धुर्मुसले गरेको अभिनय आफूसँग मिलेको भन्दै अफताब आलमले निवेदन दिएका थिए।

अनुहारसँग हुबहु मिल्ने गरी मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज सहितको व्यक्तिगत आवरण बनाएर अनुमतिरसहमति नलिई मुख्य पात्रको रूपमा अभिनय गरेको‘,निवेदकले भनेका छन्।

उनको  निवेदनमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। चलचित्र विकास बोर्डको सिफारिसमा केन्द्रीय चलचित्र जाँच समितिमा अनुमतिका लागि पेस भएको तर त्यहाँबाट अनुमति प्रदान नगरिसकेको अवस्था भएकाले त्यस अगावै आलमको आवरणसँग हुबहु हुने गरी प्रसारण गर्न नहुने आदेश भएको हो।

“सक्किगोनि” टिमद्वारा निर्मित फिल्म “लाज शरणम्” फागुन १४ बाट देशभरका हलमा प्रदर्शन हुँदैछ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend