logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विक्रि सञ्जाल थप मजबुत गर्दै टीभीएस जनकपुरमा नयाँ शोरूमको उद्घाटन


  • जन आकाश
  • बिहिबार, फाल्गुन ८ २०८१

काठमाडौं । विश्व बजारमैअत्यधिक रुचाइएको लोकप्रिय दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको भव्य समुद्घाटन गरेको गरेको छ ।



अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुनेजानकारी दिइएको छ । उद्घाटन समारोहमा प्रतिष्ठित अतिथिहरू र उद्योगका प्रमुख व्यत्तित्वहरूको बाक्लो समुपस्थिति रहेको थियो ।

प्रदेश २ का माननिय मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा उहाँले यस्तो व्यवसायिक विस्तारले स्थानिय अर्थतन्त्रलाई बलियो बनाउन तथा रोजगारीका अवसर सिर्जना गर्न निकै महत्वपूर्ण योगदान दिने बताउनु भयो । कार्यक्रममा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता तथा आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतोको पनि उपस्थिति रहेको थियो ।

उहाँहरूले कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै जनकपुरका आफ्ना आदर्णिय ग्राहकहरूलाई विश्वस्तरीय सवारी साधन तथा सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहो¥याएका थिए ।

“टीभीएस, नेपाली उपभोक्ताका लागि लामो समयदेखि भरपर्दो र नवीनतम प्रविधि सुसज्जित उत्पादनहरु प्रस्तुत गर्दै आइरहेको ब्रान्ड हो । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंह ले भन्नुभयो, “सञ्चालनमा आएको यो नयाँ शोरूमले ग्राहकलाई उच्च गुणस्तरका दुईपांग्रे सवारी साधन सहज रूपमा उपलब्ध गराउनेछ, जसले स्थानीय यातायातको सुविधा सुधार गर्नेछ भन्ने मेरो विश्वास छ ।

ग्राहकहरु लाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको जनकपुरको नयाँ टीभीएस डिलरशिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जनाएको छ ।

यसले ग्राहकहरूलाई आफ्ना आवश्यकताअनुसार उत्तम सवारी छनोट गर्न सघाउने प्रतिबद्धता ब्यक्त गरेकोछ । “टीभीएसले सधैं उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । यो नयाँ डिलरशिपले प्रदेश २ मा हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पु¥याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ“, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नु भयो।

त्यस्तै, आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतो ले भन्नुभयो, “हामी जनकपुरका ग्राहकहरूलाई टीभीएसका अत्याधुनिक उत्पादन र सेवाहरू उपलब्ध गराउन निकै उत्साहित छौं ।

हाम्रो प्रमुख उद्देश्य भन्नु नैआदर्णिय ग्राहक बर्ग माझ सर्वोत्तम ग्राहक अनुभव
प्रदान गर्नु हो। यसका लागि भरपर्दो सेवा र विश्वासनिय स्पेयर पाट्र्सको सुनिश्चितता प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।

टीभीएस ब्रान्ड नेपालका दुईपांग्रे सवारी साधनको बजारमा अग्रणी स्थानमा रहँदै आएको छ । नयाँ डिलरशिपले ग्राहकहरू, मोटरसाइकल पारखीहरू लगायतका लागि टेस्ट राइड, वित्तीय योजनाहरू तथा विशेषज्ञ परामर्श सुविधा उपलब्ध गराउने जानकारी दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend