जन आकाश
काठमाडौं । चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनीकेन्द्रमा नाडा प्रिजेण्टस् वाडा अटो शो २०२५ आयोजना हुन लागेको सन्दर्भमा त्यसका लागि वाडाले आजदेखि बुकिङ्ग खुल्ला गरेको छ ।
मिति २०८१ पौष २० गते काठमाण्डौमा नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी तथा सदस्यहरु बिच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा काठमाणडौमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो सो आयोजना गर्न लागिएको छ । नाडा प्रिजेण्टस् वाडा अटो शोमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तिय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने वाडाले अपेक्षा समेत राखेको छ ।
यसै क्रममा नाडाले सम्भाव्यता अध्ययनगरी आफना प्रदेश एशोसिएशनहरु मार्फत नेपालका अन्य मुख्य मुख्य सहरहरुमा अटो प्रदर्शनीको आयोजना गर्नेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend