logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“यो मन त मेरो नेपाली हो” फिल्मको तोकियो प्रदर्शन मिति


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ९ २०८१

काठमाडौं । फिल्म “यो मन त मेरो नेपाली हो” को प्रदर्शन मिति घोषणा गरिएको छ।



फिल्म २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने भएको निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले जानकारी दिए। यसलाई आरआर फिल्मस् प्रा.लि.ले देशभरका हलमा वितरण गर्नेछ।

यो फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवन्शी लगायत कलाकारहरूको अभिनय छ।

अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को कथा तथा निर्देशनमा फिल्म बनेको हो। शिवम् अधिकारीको लेखन रहेको फिल्म ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको कथालाई उठान गर्ने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend