logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गोकुलगंगा युवा सन्जालको गीत सार्वजनिक


  • जन आकाश
  • आइतबार, फाल्गुन ११ २०८१

बिनोद कार्की ।



काठमाडौं । गोकुलगंगा युवा सञ्जालद्वारा बागमती प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता फागुन १४ गतेबाट सुरु हुन गहिरहेको छ । सोही अवसरमा गोकुलगंगा युवा सन्जालले “बग्यो खिम्तीमा पानि सलल आयो गोकुलगंगा युवा सन्जाल” नामक गीत बजारमा सार्वजनिक गरेकोछ । यो गीत सार्वजनिक भएसँगै खेलाडीहरुमा जोस, जागर र उत्साहको लहर फैलिएको छ र गोकुलगंगा च्यापेनसिपको भव्य तयारी भइरहेको छ । ।

उक्त गीतको शब्द गोकुलगंगा युवा सन्जालका अध्यक्ष अनुज खड्काले लेखेकाछन् भने रामकृष्ण थापाको यारेन्ज, संगीत रहेकोछ । गीतमा आवाज चर्चित गायक रुपक डोटेल र गायिका सरिता बिश्वकर्माले आवाज दिएकाछन् । गीत गोकुलगंगा युवा सन्जालको फेसबुक पेजबाट सार्वजनिक गरिएको छ ।

बिभिन्न चलचित्रका गीत गाउदै आएका चर्चित गायक रुपक डोटेलले गोकुलगंगा युवा सन्जालको गीत पनि गायका हुन् उनले गायका प्रसाद फिल्मको गीत “बनकी चरी के भन्छे काफल खाउ भन्छे, फिल्म चंकेसँके पंखेको फेसबुकले,सानु माया” लगायत दर्जनौ चलचित्रका गीत र आधुनिक गीतगीतहरु निकै लोकप्रिय रहेकाछन् पाचँसय भन्दाबढी गीतमा आवाज दिइसकेका डोटेलले गोकुलगंगा युवा सन्जालको गीत गाउदा आफ्नै जन्म भुमीको गीत गाय जस्तै महसुुुस भएको र रामेछाप भ्रमण गर्न मन लागेको बताएकाछन् । अहिले गोकुलगंगा च्याम्पेन सिप २०८१ को भब्य तयारी हुदै छ । आयोजकले खेलको तयारी तिब्र रुपमा गरिरहेकाछन् ।

गीत गोकुलगंगा युवा सन्जालको फेसबुक पेजबाट सार्वजनिक भएको छ गीत तत्काल सार्वजनिक गर्नु पर्ने भएकाले गीतको भिडियो सामान्य बनाएको गोकुलगंगा युवा सन्जालका अध्यक्षा अनुज खड्काले बताएकाछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend