logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता


  • जन आकाश
  • सोमबार, फाल्गुन १२ २०८१

काठमाडौं । बिगत ९ वर्षदेखि हेलमेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको हेल्मेट्स नेपालले यामाहा नेपालसग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ ।



काठमाडौँमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन ।

पहिलो चरणमा काठमाडौँका शोरुमहरु टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन । नक्शाल
स्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ ।

आगामी दिनहरुमा यो सुबिधाहरुलाइ थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल जोशीले बताउनु भयो ।

यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ्ग कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने बिस्वास लीइएको छ । ग्राहकहरुले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग एसिसोरिजहरुको सुबिधा प्राप्त गर्न सक्नेछन ।

यस अघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानहरुबाट सेवा प्रदान गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend