logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपाली विद्यार्थीहरू किन रोज्दैछन् न्युजिल्यान्ड


  • जन आकाश
  • बिहिबार, फाल्गुन १५ २०८१

काठमाडौं । उच्च शिक्षाका लागि नेपालबाट धेरै विद्यार्थी बिदेसिन्छन्। विश्वका विभिन्न मुलुकमा पुगिरहेका नेपाली विद्यार्थीहरूको रोजाइमा न्युजिल्यान्ड पनि परिरहेको छ।
शिक्षा मन्त्रालयका अनुसार पछिल्लो समय वार्षिक पाँच सयदेखि एक हजार हाराहारी विद्यार्थीले न्युजिल्यान्डमा अध्ययनको अनुमति लिइरहेका छन्।



गुणस्तरीय शैक्षिक पद्धति र पढ्दै कमाउँदै गर्ने वातावरण भएकाले न्युजिल्यान्ड धेरैको रोजाइमा परिरहेको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसका अस्ट्रेलिया र न्युजिल्यान्ड शाखाका निर्देशक शान काफ्लेले बताए। एक्सपर्टले वैदेशिक अध्ययनका लागि विद्यार्थीहरूलाई शैक्षिक परामर्श तथा विभिन्न विषयमा सहजीकरण गर्दै आएको छ।

निर्देशक काफ्लेका अनुसार न्युजिल्यान्डमा विभिन्न प्राविधिक विषय पढ्न धेरै विद्यार्थी जान्छन्।
होटल व्यवस्थापन, कृषि तथा दुग्ध उत्पादन, निर्माण र इन्जिनियरिङ, स्वास्थ्य तथा सामाजिक, व्यवस्थापन तथा लेखा, सूचना(प्रविधि जस्ता विषयमा पढ्न जाने धेरै छन्।

छोटो अवधिको पढाइपछि वर्किङ काम गर्ने भिसा पाउने हुँदा पनि न्युजिल्यान्ड आकर्षण बनिरहेको हो, काफ्लेले भने, ३० देखि ३२ हप्ता पढिसकेपछि वर्किङ भिसा पाइन्छ। विद्यार्थीका लागि यस्तो सजिलो अन्त कहीँ छैन। यस कारण पनि धेरै विद्यार्थीले न्युजिल्यान्ड रोज्न थालेका हुन्।

न्युजिल्यान्डमा पढाइ तथा बसाइका लागि अस्ट्रेलियामा जत्तिकै खर्च लाग्छ। वर्किङ भिसा पाइसकेपछि तीन वर्ष बसोबास तथा काम गर्न मिल्छ।

त्यसपछि पनि न्युजिल्यान्डमा कामलाई निरन्तरता दिन मन लागे स्किल्ड माइग्रेन्ट क्याटगोरी रेजिडेन्सु भिसाका लागि आवेदन दिन सकिन्छ। यसका लागि जब अफर लेटरु भने हुनुपर्ने उनले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend